arrow

विवादित चिनियाँ धर्मगुरु पञ्चेन लामाको नेपाल भ्रमण सरकारले रोक्यो, ल्यारक्यालमाथि छानबिन जरुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
panchen-lama-lyarkyal-lama.jpg
तस्बिर – पञ्चेन लामा (बायाँ) र ल्यारक्याल लामा ।

 काठमाडौँ । विवादित चिनियाँ धर्मगुरु पञ्चेन लामाको नेपाल भ्रमणलाई सरकारले रोकेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्षमा विवादित छविका ल्यारक्याल लामाको निम्तोमा नेपाल आउन लागेका उनलाई सरकारले रोकेको हो । 

पञ्चेन आउने जानकारी पाएसँगै हाम्राकुराले उक्त समाचार प्रकाशित गरेको थियो । 

सरकारले विवादित छविका पञ्चेनको भ्रमण रोकेसँगै लुम्बिनी विकास कोषका उपाध्यक्ष विवादित छविका ल्यारक्यालमाथि पनि छानबिन गर्नुपर्ने देखिएको छ । ल्यारक्याललाई उपाध्यक्ष नियुक्त गर्दा नै सरकारले चर्को आलोचना खेपेको थियो । 

तर मुलुकलाई अस्थिरतामा धकेल्ने गरी पञ्चेनलाई भित्राउन खोज्ने ल्यारक्याललाई तत्काल निलम्बन गरी सरकारले गम्भीर छानबिन गर्नुपर्ने आवाज उठ्न थालेको हो ।

लुम्बिनीमा ‘नानहाई बुद्धिजम राउन्ड टेबल’ मा सहभागी हुन पञ्चेन अर्थात् ग्यात्सेन नोर्बु आउँदै थिए । उक्त कार्यक्रम बिहीबारदेखि आइतबारसम्म आयोजना हुँदैछ । 

कार्यक्रममा सहभागी हुन डेढ दर्जन देशका सरकारी अधिकारी र भिक्षुहरू आउँदैछन् । गृहमन्त्रीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत चासो राखी उनको भ्रमण रोकिएको हो । 

यद्यपि उनी अर्कैको नाममा आउन लागेकोसमेत बुझिएको छ । 

परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावासले पञ्चेन नआउने जानकारी गराएकोसमेत परराष्ट्र स्रोतले जनाएको छ । 

नेपालमा भूराजनीतिको ठूलै प्रभाव परेका कारण उनको भ्रमण रोकिएको स्पष्ट छ । 

चीनले दलाई लामालाई कमजोर बनाउन पञ्चेन लामालाई नियुक्त गरेको थियो । नेपाल एक चीन नीतिमा अडिग रहेकाले दलाई लामाका कार्यक्रम पनि गर्न दिइरहेको छैन । 

तर चीनले भने आफ्नै नीतिको विरुद्धमा जाँदै पञ्चेनलाई सक्रिय बनाएर नेपाल पठाइरहेको हो । चीनको यो कदमप्रति नेपालमा विरोधको स्वर सुनिन थालिएको छ । अझ पश्चिमा मुलुकहरु झन् असन्तुष्ट छन् । 

चीनले दलाई लामालाई काउन्टर दिन पञ्चेनलाई पठाउन लागेको भए पनि नेपालमा भने अस्थिरता बढ्ने चिन्ताका रुपमा विदेश मामिलाका विज्ञहरुले लिन थालेका छन् । 

परराष्ट्रको उच्च स्रोतका अनुसार अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका बेलामासमेत यो विषयमा चर्चा भएको थियो । 

अमेरिकासँगै पश्चिमाहरुले पञ्चेनको नेपाल भ्रमणलाई लिएर चिन्ता जनाइएको छ । लू दुई दिने नेपाल भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् ।

दलाई लामाको गतिविधिबारे जसरी चीन सशंकित छ त्यसरी नै पञ्चेनको विषयलाई लिएर पश्चिमा देशहरु सशंकित छन् । उनीहरुले नेपालमा अस्थिरता बढ्न सक्ने खतरा औँल्याउँदै पञ्चेनको भ्रमण स्थगित हुनुपर्नेमा जोड दिएका थिए ।

अरु त अरु पञ्चेन लुम्बिनी जाँदा लुम्बिनीलाईसमेत विवादमा तान्न खोजिएको शंका गरिएका बेला अब सरकारले ल्यारक्यालमाथि कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने हुन्छ । तर ल्यारक्याल अहिले सञ्चार विच्छेद गरेर बसेको पाइएको छ । 

 प्रधानमन्त्री केपी शर्मा ओली चीन गएका बेलामा गत साताको बुधबार चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई नेपालको ठोस इच्छालाई घुमाउरो पाराले अस्वीकार गरी आफू सुहाउँदो हस्ताक्षर गराएको आरोप खेपेको चीनले हस्ताक्षर लगत्तै अर्का विवादित व्यक्तिलाई नेपाल पठाउन खोज्नुले पक्कै ठूलै षड्यन्त्र रचिएको हुन सक्ने आशंकासमेत पैदा भएको छ । 

यस अर्थमा पनि पश्चिमाहरुले सरकारलाई विवादित छविका पञ्चेनलाई नेपाल भ्रमण गर्नबाट रोक्न दबाब दिएको पाइएको छ । शान्ति भूमिसँगै गौतम बुद्ध जन्मेको लुम्बिनीमा विवादित छविका व्यक्तिलाई प्रवेश दिँदा त्यसले गलत सन्देश दिने चिन्ता पनि हुँदै आएको छ । 

आखिर किन जबरजस्ती उनलाई नेपालमा पठाउन खोजिएको छ रु भन्ने प्रश्न अहम् रहेकोसमेत विज्ञहरु बताउँछन् । कतै यसले नेपालको भूराजनीतिलाई असर गर्ने त हैन रु भन्ने चिन्ता पनि सँगसँगै व्यक्त गरिएको छ । 

बीआरआईको हस्ताक्षर लगत्तै पञ्चेन नेपाल आउँदा नेपाललाई जानीजानी भूराजनीतिमा फसाउन खोजिएको शंका पनि उत्तिकै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ