arrow

चैतभित्र कांग्रेसका दश भ्रातृ संस्थाहरुको महाधिवेशन गर्न तोकिए संयोजकहरु [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
congress-party-office-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसले १० ओटा भ्रातृ संस्थाहरुको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् । 

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा २०८१ चैत मसान्तसम्ममा अनिवार्य रूपमा ती संस्थाहरूको महाधिवेशन सम्पन्न गर्न विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग गर्दै आवश्यक निर्देशन समेत गर्न कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम भ्रातृ संस्थाहरूको “महाधिवेशन केन्द्रीय निर्देशन समिति” गठन गरेको उल्लेख छ । 

दश ओटै भ्रातृ संगठन संयोजकहरुमा नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक सहमहामन्त्री जीवन परियार, नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक डा प्रकाशशरण महत,नेपाल किसान महासंघको संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल नेपाल भूतपूर्व सैनिक संघको संयोजक केन्द्रीय सदस्य एनपी साउद तोकिएका छन् । 

त्यसैगरी नेपाल लोकतान्त्रिक खेलकूद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत,  राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मधु आचार्य, नेपाल थारु संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा उदयशमशेर राणा र नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा गोविन्दराज पोखरेल तोकिएका छन् । प्रत्येक समितिमा २ जना सदस्य रहेका छन् ।

यस्तो छ सूची



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ