चीन । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) ले बुधबार चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ ।
चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन ,चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री सङ्घको सहकार्यमा हिमशृङ्खला माथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आयोजना गरिएको हो ।
उक्त प्रदर्शनीमा करिब १०० वटा तस्बिर सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रदर्शनीमा राखिने छ । रासस