arrow

 ‘जस्टिस इज ड्यु’ लेखेर एआई इन्जिनियरले गरे श्रीमती र सासूले धेरै पैसा मागेको भन्दै आत्महत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
suicide-justice-is-due.jpg

बैंगलोर । एक जना एआई इन्जिनियरले अनौठो कारणले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । खासमा ३४ वर्षीय अतुल सुभाषले आफ्नी श्रीमती र सासूले पैसाको लागि दुव्र्यवहार गरेको आरोप लगाउँदै आत्महत्या गरेका हुन् ।

 गत डिसेम्बर ९ मा उनले १ घन्टा २० मिनेटको भिडियो र २४ पृष्ठको पत्र लेखेर सो आत्महत्या गरेको थाहा हुन आएको छ, जसमा उनले आत्महत्या बाहेक अरू कुनै विकल्प आफूसँग बाँकी नरहेको उल्लेख गरेका छन् ।

सो क्रममा अतुलले उत्तर प्रदेशको जौनपुरका एक न्यायाधीशमाथि पनि गम्भीर आरोप लगाएका छन् । उनले आफ्नो चिठ्ठीमा मुद्दा सुल्झाउने नाममा न्यायाधीशले ५ लाख घुस मागेको उल्लेख गरेका छन् । अतुलले आफ्नी श्रीमती, सासू र जौनपुरका न्यायाधीशले आत्महत्या गर्न भनेका पनि पत्रमा लेखेको भेटिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मूल रूपमा बिहारका अतुल सुभाषको शव बेंगलुरुको मन्जुनाथ ले आउटमा रहेको उनको फ्ल्याटबाट भेटिएको थियो। छिमेकीले घरको ढोका तोड्दा उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । कोठामा ‘जस्टिस इज ड्यु’ लेखिएको प्ले कार्ड भेटिएको थियो । 

अहिले अतुलका परिवारको उजुरीका आधारमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ ।

आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा अतुलले पूरै घटनाको विस्तृत विवरण दिएका छन् । उनले म्याट्रिमोनी साइट मार्फत म्याच भेटेपछि २०१९ मा हालकी श्रीमतीसँग विवाह गरेको बताए । अर्को वर्ष तिनीहरूको एक छोरा भयो। आफ्नी श्रीमती र श्रीमतीको परिवारले जहिले पनि आफूसँग पैसाको माग राख्थे, जुन पूरा पनि गर्ने गरेको उनले बताए । 

उनले आफ्नी श्रीमतीको परिवारलाई लाखौं रुपैयाँ दिएका थिए तर जब उनले थप पैसा दिन बन्द गरे, श्रीमतीले २०२१ मा छोराको साथ बेंगलुरु छोडिदिइन् । अतुलले हरेक महिना ४० हजार रुपैयाँ मेन्टेन्स दिने गरेको पत्रमा उल्लेख गरेका छन् । अतुलले भने,  ‘तर, मेरी श्रीमतीले छोरालाई भेट्न र बोल्नसमेत दिइनन् ।’

जसको रिसमा श्रीमतीले उनीमाथि दाइजो र बाबुको हत्या गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । श्रीमतीले केटा र उनको परिवारका सदस्यहरू विरुद्ध धेरै मुद्दा दायर गरेकी थिइन्, जसमा हत्या र अप्राकृतिक यौन सम्बन्धका घटनासमेत उल्लेख गरिएको छ । 

अतुलले आफ्नी श्रीमतीले १० लाख दाइजो मागेको आरोप लगाएका कारण बुवाको हृदयघातका कारण मृत्यु भएको आरोप लगाउने गरेको उनले आत्महत्या अघि उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ