arrow

श्रीमती मारेर आत्महत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
hatya-murder.jpg

मोरङ । मोरङको रंगेलीमा मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।

ससुराली पुगेर पत्नीको हत्या गरेका मण्डलले आफूले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली नगरपालिका-५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली-५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको पाइएको छ ।

मुकेश बेलुका धनपट्टीस्थित ससुराली पुगेका थिए ।

ससुरालीमै उनले पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नी अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पतिले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए ।

उनका अनुसार पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानूनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ।

घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए ।

उनले थप अनुसन्धानपछि मात्रै घटनाको पूर्ण विवरण सार्वजनिक गर्न सकिने उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ