बौद्धमा २० वर्षे युवाको झुन्डिएको अवस्थामा शव फेला, हत्या भन्दै परिवारले मानेन शव बुझ्न
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
1.3k
Shares
काठमाडौँ । दोलखाका एक युवाको काठमाडौँको बौद्धमा मृत्यु भएको छ । जिरी नगरपालिका ९ का २० वर्षीय अभिनाश तामाङको मृत्यु भएको हो ।
काठमाडौँ महानगरपालिका ६ बौद्धमा रहेको महेन्द्र बौद्ध माविको क्यान्टिनमा काम गर्ने तामाङको शव झुन्डिएको अवस्थामा फेला परेको थियो ।
उनको खुट्टा लत्रेकाले उनले आफूले आत्महत्या गरेको नभइ कसैले मारेर आत्महत्याजस्तो देखाएको भन्दै पीडित परिवारले शव उठाउन दिएको छैन ।
घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गर्ने भन्दै शव उठाउन भने पनि यो आत्महत्या नभइ हत्या नै भएको दाबीसहित परिवारले शव उठाउन नदिएको हो ।
प्रहरीले भने शव उठाएर अनुसन्धान गर्ने बताइरहेको छ । मृतकका बाबु हिरालाल तामाङले आफ्नो छोरालाई कसैले मारेर झुन्डाएको भन्दै अपराधीलाई कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन् ।