arrow

दुई संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । 

बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ