arrow

रोल्पामा थप आन्दोलन

संघर्ष समिति संयोजकले भने –सांसद पद गए जान्छ

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ पुष ११ सोमबार
rolpama-thap-aandolan.jpeg

रोल्पा । रोल्पा, प्यूठान लगायत पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग्याउने गरी सरकारले ल्याएकोे संविधान संसोधन विधेयकको विरोधमा संयुक्त संघर्ष समिति रोल्पाले पाँचौ चरणका विरोध कार्यक्रम घोषणा गरेको छ ।

जस अन्तर्गत मंगलबार देखि १८ गते सम्म ५ नम्बर प्रदेश अन्तर्गतका सबै नेपाली नागरिकको हस्ताक्षर संकलन गर्ने, पुष १९ र २० गते प्रत्येक गाविस तथा नगरपालिकाका वडामा विरोध जुलुस तथा सभा गर्ने, पुष २१ देखि २६ गतेसम्म २७ गतेको बिरोध जुलुस तथा सभाको तयारीका लागि जिल्ला जिल्लाको विशेषता अनुरुप प्रचार–प्रसार गर्ने र पुष २७ गते केन्द्रिय नेताहरुको उपस्थितिमा प्रत्येक जिल्लामा विशाल विरोध जुलुस तथा सभागर्ने संघर्ष समिति संयोजक एवं काँग्रेस सांसद अमरसिंह पुनले जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रमा सरकारले संसदको कार्यसूचीमै राखिसकेको संविधान संसोधन विधेयक फिर्ता नगरे  २७ गते आन्दोलनका थप कार्यक्रम जारी गर्ने सांसद पुनले बताए । सांसद पुनले जनताको मनोभावना विपरीत जान नहुने भन्दै सबै जिल्लाको छलफल तथा निर्णय अनुसार ५ नम्बर प्रदेशका सबै जिल्लाहरुमा विरोधका कार्यक्रमहरु तय गरिएको जानकारी दिए ।

आफू रोल्पाका जनताको प्रतिनिधि भएकाले जनहित विपरीत उभिन नसक्ने बताउँदै सांसद पुनले आन्दोलन गरेकै कारण आफ्नो पद गएपनि केही फरक नपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ