arrow

स्थायित्वका लागि एमालेसँग मिलेर सरकार

देउवाले गगनसँग ठट्टा गर्दै भने – 'बढी बोलेर आफूलाई सिध्याउँछ कम बोल्नेले अरूलाई सिध्याउँछ’

‘स्थायित्वका लागि ओलीजीसँग सरकार बनाउनु परेको हो, दुईवटा पार्टी मिल्दा स्थायित्व हुन्छ, ओलीले काम पनि राम्रो गर्नुभएको छ'

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ मंसिर २२ शनिबार
sherbahadur-purna-gagan-81-.jpg

मोरङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको बताएका छन् । उनले दुई वटा पार्टी मिल्दा स्थायित्व भने किन नमिल्ने भनेर दुई ठूला दल मिलेको बताए । 

कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘ओलीले काम पनि राम्रो गर्नुभएको छ । ढाँट्ने कुरा छैन ।’

देउवाले अगाडि भने, ‘स्थायित्वका लागि ओलीजीसँग सरकार बनाउनु परेको हो । दुईवटा पार्टी मिल्दा स्थायित्व हुन्छ । ओलीले काम पनि राम्रो गर्नुभएको छ । ढाँट्ने कुरा छैन । भर्खरै चीनमा गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरेर आउनु भएको छ । उहाँले ग्रान्ट (बीआरआई अनुदानमा) लिएर आउने कुरा गर्नु भयो यसका लागि ओलीलाई धन्यवाद दिन चाहन्छु ।’

सो कार्यक्रममा सभापति देउवाले पार्टी महामन्त्री गगनकुमार थापालाई लक्षित गर्दै बढी बोल्नेले आफूलाई सिध्याउने बताए । यसअघि बोलेका महामन्त्री थापाले आफूले सभापति कम बोल्ने भएको कारण उनको पनि समय लिएर लामो समय बोलेको बताएका थिए । 

त्यसको विषयमा ठट्यौली शैलीमा मन्तव्य दिएका देउवाले भने, ‘बढी बोलेर आफूलाई सिध्याउँछ कम बोल्नेले अरूलाई सिध्याउँछ ।’ देउवाले यसो भन्दा हलमा हाँसो गुञ्जिएको थियो । 

त्यसपछि देउवाले फेरि भने, ‘माफ गर्नु होला मैले ठट्टा मात्रै गरेको ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ