arrow

शुद्ध ऋणमा बीआरआई भित्र्याउने चाहना राखेका झलनाथ केपी ओलीले गिजोलेको भन्दै असन्तुष्ट, नाटक गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २२ शनिबार
jhalanath-khanal-81-8-22.jpg

काठमाडौँ ।  पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ परियोजना बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) को फ्रेमवर्क गिजोलेकोमा असन्तुष्टि जाहेर गरेका छन् । 

चीनको एक साता लामो भ्रमण सकेर आज फर्केका खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग राम्रो सम्बन्ध बनाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले बीआरआई सम्झौताका लागि गरिएको आनाकानीमा असन्तुष्टि जनाएका हुन् । 

झलनाथ चीनसँग ऋण लिएर भए पनि बीआरआई परियोजनामा सामेल हुनु पर्ने तर्क गर्दै आएका नेता हुन् । उनी पटक पटक चीन गइरहन्छन् । उनको उपचार सबै चीनमा हुँदै आएको छ । 

उनले केपी ओलीले नक्कली नाटक गरेकोसमेत आरोप लगाए । उनले भने, ‘‘लामो प्रयासपछि बीआरआई सम्झौता भएको छ । आखिर सम्झौता गर्नै पर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुपथ्यो ? छिमेकी देशहरुसँग जसले राम्रो सम्बन्ध बनाउँन सक्दैन त्यसले अन्यसँग कसरी राम्रो सम्बन्ध बनाउँन सक्छ ?’ 

झलनाथले अगाडि भने, ‘यो त पहिले नै अध्ययन गरेर राम्रो होमवर्क गरेर गर्नुपर्ने काम थियो ।’ 

उनका अनुसार छिमेकीहरुसँग लापरबाही तरिकाले प्रस्तुत हुनु हुँदैन । ‘तर, धेरै पटक घुमाउरो कुरा गरेर भए पनि सम्झौता भएको छ। यो चाहिँ खुशीको कुरा हो,’ उनले भने । 

उनले राष्ट्रको भौतिक विकासका लागि बीआरआई परियोजना सहयोगी हुने टिप्पणी गरे । परियोजना कार्यान्वयनमा अब विलम्ब गर्न नहुनेमा उनको जोड थियो । चिनियाँ पक्षले पनि परियोजनाबारे नेपालको अवधारणा तथा ढिलाइलाई लिएर आफूसँग जिज्ञासा राखेको जानकारी दिए । 

चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेकाले यस विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्नेमा जोड दिए । 

चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तीय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी भएर नेता खनाल स्वदेश फिर्ता भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ