arrow

३५ वर्षको उमेरमै मुखको क्यान्सरबाट वडाध्यक्ष गिरीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २२ शनिबार
nandaram-giri.jpg

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष नन्दराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ ।

दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा आज दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको हो ।

उनी वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

उनका श्रीमतीसहित दुई छोरा र एक छोरी छन् ।

नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका गिरीको शनिबार अन्त्येष्टि गरिने नेपाली कांग्रेस कैलालीका नेता देवानन्द जैशीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ