arrow

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
congress-party-office-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । कांग्रेस पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको पत्रमा २४ गते सोमबारका लागि बैठक डाकिएको हो । 

उक्त बैठकमा सहभागीताका लागि केन्द्रीय कार्यासम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि आग्रहसमेत गरिएको छ । 

बैठकका विषय नखुलाइएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, स्थानीय तहको उपनिर्वाचनको नतिजा समीक्षासँगै सरकारको काम कर्तव्यका विषयमा छलफल हुने बताइएको छ । 

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ