एनएमबि बैङ्कलाई लैङ्गिक समावेशी कार्यस्थलको लागि एसिया–प्यासिफिक डब्ल्यूईपी अवार्ड
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
406
Shares
काठमाडौँ। एनएमबि बैङ्कले संयुक्त राष्ट्र महिला एसिया–प्यासिफिक डब्ल्यूईपी अवार्ड २०२४ प्राप्त गर्दै लैङ्गिक समानता र समावेशीकरणको क्षेत्रमा आफ्नो नेतृत्व स्थापित गरेको छ। यो अवार्ड बैङ्कले कार्यस्थलमा लैङ्गिक समावेशीता प्रवर्द्धन गर्ने प्रयासलाई सम्मानस्वरूप प्रदान गरिएको हो।
संयुक्त राष्ट्र महिला र ग्लोबल कम्प्याक्टले कार्यस्थल, बजार, र समुदायमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानताका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेका छन्। एनएमबि बैङ्कले ती मापदण्डहरूको कार्यान्वयनमा महत्वपूर्ण पहल गर्दै आएको छ।
बैङ्कले महिला नेतृत्वलाई प्रवर्द्धन गर्न र समावेशी कार्यस्थल निर्माण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा: एनएमबि नेक्स्टजेन बैङ्किङ लीडर्स स्कालरशिप, महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू,महिला नेतृत्व विकास कार्यक्रम, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा आधारित सीएसआर गतिविधिहरू, प्रतिस्पर्धामा पहिलो नेपाली संस्था ६०० भन्दा बढी एसिया–प्यासिफिक क्षेत्रका आवेदक संस्थाहरू मध्य एनएमबि बैङ्कले यो अवार्ड जित्दै संयुक्त राष्ट्र महिलाद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्था बन्ने गौरव हासिल गरेको छ।
एनएमबि बैङ्कले हाल देशभर २०१ शाखा, १८७ एटिएम, र ११ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ। बैङ्कले यो अवार्डले आफूलाई समावेशी र दिगो विकासका उद्देश्यहरूमा अझ सशक्त रूपमा अघि बढ्न प्रेरणा दिएको जनाएको छ।