बंगलादेशमा हिन्दूमाथि भएको दमनप्रति कांग्रेस चिन्तित, हिंसा रोक्न अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
2.3k
Shares
काठमाडौँ । बंगलादेशमा केही महिनाअघिदेखि चलिरहेको अल्पसंख्यक हिन्दू धर्मावलम्बीमाथिको दमनप्रति नेपाली कांग्रेसले चिन्ता व्यक्त गरेको छ ।
कांग्रेसको सनातन हिन्दू राष्ट्र स्थापना अभियानले हिन्दूमाथि इस्लामिक कट्टरपन्थी समुदायले गरेको सांघातिक आक्रमणको श्रृंखलाप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो ।
विज्ञप्ति जारी गर्दै संयोजक सांसद शंकर भण्डारीले बंगलादेशमा हिन्दूमाथि भएको हिंसात्मक आक्रमण, महिलामाथि बलात्कार, जबरजस्ती धर्मपरिवर्तनको घटनामा वृद्धि, राज्य पक्षबाट धर्म गुरुसहित हिन्दूहरुमाथि धरपकड र हिन्दू मन्दिरको तोडफोड र विनाशको घटना भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
उनले यति ठूलो घटना भइरहँदा पनि संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था, बंगलादेशका छिमेकीसँगै नेपाल सरकारसमेत बेखबरजस्तै बनेको भन्दै आपत्ति जनाएका छन् ।
उनले हिंसा रोक्न प्रभावकारी उपाय अबलम्बन गर्न पनि अनुरोध गरेका छन् ।