arrow

प्रहरी हरेक पल नागरिकको साथमा रहनुपर्छ : आईजीपी कुँवर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
IGP-basanta-kunwar.jpg

पोखरा । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय लमजुङको अवलोकन गरेका छन् ।

सो क्रममा आईजीपी कुँवरले सो कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई प्रहरी कार्य सम्पादनका विभिन्न विषयमा निर्देशन दिएका छन् ।

कानूनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको भन्दै उनले प्रहरी हरेक पल नागरिकको साथमा रहेर सहकार्य गर्नुपर्ने बताए ।

साथै उनले नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ केन्द्रित हुन प्रहरी अधिकृतलाई निर्देशन दिए ।

आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सीमान्तकृत एवं पीडितवर्गको सारथी भई उनीहरूको समस्या र गुनासोलाई सम्बोधन गर्नसमेत उनले निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ