arrow

जुम्लाको पातारासीमा टेलिकमको मोबाइल सेवा विस्तार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
jumla-telecom-tower.jpg

जुम्ला । नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी आइतबारदेखि टुजी/फोरजी मोबाइल सेवा सञ्चालन गरेको हो । 

जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३  अन्तर्गतका  गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरु पहिलो पटक  दूरसञ्चार सेवाबाट लाभान्वित भएको टेलिकमले जनाएको छ ।

दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवाको विस्तार गरेको छ । 

यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटनलगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको टेलिकमले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ