arrow

डिजिटल राइट्स फेस्टिभलमा अपांगतामैत्री पहुँचयुक्त संचारबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
digital-disability.jpg

काठमाडौँ । राजधानीमा जारी डिजिटल राइट्स फेस्टिभल अन्तर्गत सोमबार विभिन्न विषयमा छलफल भैरहेको छ। काठमाडौँको पार्कभिलेज रिसोर्टका विभिन्न तीन फरक स्थानमा इन्टरनेटको प्रयोग र सुरक्षा सहितका विषयमा छलफल जारी छ । 

छलफलको एउटा सत्रमा सोमबार अपांगता भएका ब्यक्तिले कसरी इन्टरनेटका माध्यमको प्रयोग गर्दछन् भन्ने विषयमा बहस भैरहेको छ। सो सत्रमा डिजिटल एक्सिसिबिलिटीमा काम गर्दै आएका अभियनता सागर प्रसाईंले अपांगता भएका ब्यक्तिसम्म कसरी पहुँचयुक्त सूचना पुर्याउने भन्ने विषयमा आफ्नो धारणा राखेका छन् ।

उनले विभिन्न किसिमका अपांगता भएका ब्यक्तिहरुले कसरी कम्प्युटर प्रयोग गर्दछन् भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । सो सत्रमा उनले लेखेर वा फोटोका माध्यमबाट मात्र नभएर एउटै सूचनालाई विभिन्न माध्यमबाट प्रसार गर्दा त्यसले सबैको पहुँच स्थापित गर्ने बताए।

नेपालमा ६ लाखभन्दा बढी अपांगता भएका ब्यक्तिहरु रहेको भन्दै उनले ४ देखि ५ लाख ब्यक्ति विभिन्न किसिमका इन्टरनेटका माध्यमको प्रयोग गर्ने गरेको उनले जानकारी दिए।

'कुनै पनि विषयको सूचना वा जानकारी दिँदा वान वे हुनुभएन, सबै पक्षलाई समेटेर सूचनाको पहुँचलाई सबैमम्म पुर्याउनु पर्दछ', प्रसाईंले भने।

कार्यक्रममा इन्टरनेट गभर्नेन्स र  ईको सिस्टमबारे पनि बृहत् छलफल जारी छ। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि छलफल शुरु भएको थियो।

डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिभल अन्तर्गत ईन्टरनेटको नियमन, नेपालको अवधारणा र विश्व परिवेशका सन्दर्भमा धारणाहरु आइरहेका छन् ।

फेस्टिभल अन्तर्गत सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौतीहरू, एआइको अवसर र सम्भावना, इन्टरनेट माध्यममा महिला, बालबालिका र अपाङ्गता भएका ब्यक्ति लगायत विभिन्न समुदायकाको अधिकारका विषयमा छुट्टाछुट्टै छलफल जारी छ।

फेस्टिभलका लागि देशभरबाट सहभागीहरू छनोट गरिएको छ भने झन्डै ४० जना विषय विज्ञहरुलाई वक्ताका रुपमा आमन्त्रण गरिएको अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए ।

कार्यक्रमका लागि विदेशबाट समेत वक्ताहरु सहभागी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ