arrow

गुल्मीको मुसिकोट-१ मा कांग्रेसका श्रेष्ठ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
ananda-shrestha-nepali-congress.jpg

काठमाडाैँ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ को वडाध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत युवराज गौतमका अनुसार श्रेष्ठका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले नौ सय ३० मत प्राप्त गरे ।

साथै नेकपा (माओवादी केन्द्र) का दुर्गाबहादुर विकले एक सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले पाँच मत प्राप्त गरे ।

मुसिकोट नगरपालिका-१ मा चार हजार ९१ मतदातामध्ये दुई हजार तीन सय ३४ जनाले मतदान गरेका थिए ।

तीन मतदानस्थल एवं पाँच वटा मतदान केन्द्र रहेको उक्त वडामा नेपाल राष्ट्रिय सर्वोदय माविको अमराई मतदान केन्द्रमा एक हजार नौ सय ४५, सरस्वती मावि मतदान केन्द्रमा एक हजार दुई सय ९७ र जनज्योति मावि केन्द्र अरेबामा आठ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ऋषिराम घिमिरेले जानकारी दिए ।

वडाध्यक्ष पदका लागि आठ जनाको मनोनयन दर्ता भएको थियो । मुसिकोट-१ मा तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ