arrow

सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोसिस नगरे हुन्छ- उपप्रधानमन्त्री पौडेल [भिडियो]

कांग्रेस-एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
bishnu-poudel-08-16.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गरेका छन् । उनले विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कति बेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै सरकार ०८४ सम्म नै कायम रहने बताए । 

उनले कांग्रेस-एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहने बताए । कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कोसिस नगर्न आग्रह गर्नुभयो । उनले वर्तमान सरकारको विकल्पमा कोसिस नगरे राम्रो हुने बताए । 

उनले भने, ‘हिजो छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले यो सरकार पनि परिवर्तन हुन्छ भन्ने कतिलाई भ्रम छ । म तपाईंहरुलाई बडो आत्मविश्वासका साथ भन्छु, पछि पनि तपाईँले सोध्नुहुन्छ, मैले जवाफ दिनुपर्छ, यो सरकार, यो समीकरण, कांग्रेस-एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहन्छ । कोही कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कसैले कुनै कोसिस नगरे हुन्छ, यो सरकार, यो समीकरणको सहयात्राको विकल्पमा कुनै कोसिस नगरे हुन्छ, त्यो व्यर्थको कोसिस हो । तपाईँहरूले खोजेको नीतिगत र नेतृत्वको स्थिरता यो सरकारले दिँदै छ । यो सरकारको लाभ लिने हिसाबले तपाईँहरू अघि बढ्नुस्, म निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री पौडेलले अहिले अस्थिरता सम्भव नरहेको र अस्थिरताका कुनै कोसिसहरू सार्थक हुन नसक्ने दाबी गरे। अस्थिरतालाई मलजल हुने खालका गतिविधिमा समाचार व्यतीत नगर्न आग्रह गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ