arrow

धितोपत्रका नवनियुक्त अध्यक्षलाई शेयर बजारले देखायो हरियो झण्डा, नेप्से  दोहोरो अंकको उकालो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भए पछि शेयर बजार उकालो लागेको छ । हिजो मात्र बोर्डमा सरकारले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । उनको नियुक्ति लगत्तै शेयरबजार उकालो लागेको हो ।

नयाँ अध्यक्ष पाएको पहिलो  दिनमा नेप्से सूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ३२.०३ अंकले बढे २७१५.२८ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरु बढेर बजारमा हरियाली देखिएको छ ।

कारोबारमा आएका ३१२ वटा धितोपत्रमध्ये २११ वटा धितोपत्रको मूल्य बढेको छ। बाँकी ३२ वटा धितोपत्रको भने आज मूल्य घट्न पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ