arrow

खुल्यो एनएमबी बैंकको संस्थापक शेयर लिलामी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
nmb-bank1.jpg

काठमाडौँ । एनएमबी बैंकले आइतबारदेखि आफ्नो संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर खुला गरेको हो । 

यसमा बैंकका विद्यमान संस्थापक शेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम भाउ ११० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । 

यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ । आवेदकले एनएमबी क्यापिटल, बालुवाटार काठमाडौँमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । 

यसमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ