संवेदनशील स्थानमा वर्षौंदेखि रहेको आयल निगमको एयरपोर्ट डिपो सर्ने [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
679
Shares
काठमाडौँ । त्रिभुवन अन्तर्राट्रिय विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो अहिले भइरहेको स्थानबाट सर्ने भएको छ ।
निकै संवेदनशील स्थानमा रहेको विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्श नजिकै गुह्येश्वरीमा डिपो सर्ने भएको हो । एक कार्यक्रम गर्दै निगमले अत्याधुनिक प्रविधि सहितको डिपो निर्माणका लागि विस्तृत संभाव्यता अध्ययन (डीपीआर) गर्न नेपाल इञ्जिनियरिङ संस्थान, पुल्चोकसँग सम्झौता गरेको छ।
विमानस्थलभित्र रहेको सो डिपोले जुनसुकै समय पनि जोखिम नित्याउने हुँदा सो डिपो सार्न लागिएको हो । यद्यपि सर्न लागेको स्थान पनि विमानस्थलबाट नजिकै रहेको छ ।