arrow

गावस्कर भन्छन् - मलाई लाग्छ दिल्लीले ऋषभ पन्तलाई फर्काउन चाहन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ५ बुधबार
rishav-sunil.jpg

काठमाडौँ । भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले दिल्ली क्यापिटल्ससँगको सम्बन्धमा आफ्नो मौन तोड्दै दुई पक्षबीच पैसाको विषयमा कुनै कुराकानी नभएको स्पष्ट गरेका छन् ।

पन्तले आईपीएल प्रसारकहरूमध्ये एक पोस्टमा पूर्व क्रिकेटर सुनील गावस्करले दिल्ली क्यापिटल्स र ऋषभ पन्तबीच रिटेन्सन मनीमा कुरा नमिलेको हुन सक्ने बताएपछि पन्तले स्पष्ट गरेका हुन् । 

नोभेम्बर २४ र २५ मा साउदी अरेबियामा हुने मेगा लिलामीमा दिल्ली क्यापिटलले पन्तलाई किन्न सक्ने अनुमान पनि गावस्करले गरेका छन् ।

गावस्करको टिप्पणीको जवाफ दिँदै पन्तले भनेका छन्, ‘मलाई रिटेन नगरिएको पैसाको लागि होइन । यो कुरा म ढुक्कसँग भन्न सक्छु ।’

गावस्करले रेभस्पोर्ट्जलाई भनेका थिए, ‘मलाई लाग्छ, दिल्ली क्यापिटल्सले ऋषभ पन्तलाई आफ्नो टोलीमा फिर्ता हेर्न चाहन्छ । कहिलेकाहिँ जब एक खेलाडी राख्नुपर्छ, शुल्क फ्रेन्चाइज र खेलाडीहरूबीच वार्तालाप गरिन्छ, अपेक्षित रूपमा । त्यसैले स्पष्ट रूपमा मलाई लाग्छ त्यहाँ केही असहमति हुन सक्छन् । तर मलाई लाग्छ दिल्लीले ऋषभ पन्तलाई फर्काउन चाहन्छ ।’

दिल्ली क्यापिटल्सले आगामी सिजनका लागि पन्त बाहेक अन्य चार खेलाडीलाई रिटेन गरेको थियो । जसमा अक्षर पटेललाई १६.५ करोडमा, कुलदीप यादवलाई १३.५ करोडमा रिटेन गरिएको थियो भने दक्षिण अफ्रिकी स्टार ट्रिस्टान स्टब्सलाई १० करोडमा र अनक्याप्ड विकेटकिपर अभिषेक पोरेललाई ४ करोडमा रिटेन गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार दिल्ली क्यापिटल्सको व्यवस्थापनमा भएको परिवर्तनका कारण पन्तलाई रिटेन नगरिएको बुझिएको छ । यसअघि दिल्लीका मुख्य प्रशिक्षक रिक्की पोन्टिङले पनि राजीनामा दिएका थिए ।

पन्तलाई सन् २०१६ मा दिल्ली क्यापिटल्सले किनेको थियो । उनले यस टोलीका लागि १११ खेल खेले, जसमा उनले ३५ को औसतमा ३२८४ रन बनाए । 
दिल्लीले अहिले पूर्व अलराउन्डर हेमाङ बदानीलाई मुख्य प्रशिक्षकमा र वेणुगोपाल रावलाई क्रिकेट टिमको निर्देशकमा नियुक्त गरेको छ । पूर्व विश्वकप विजेता फास्ट बलर मुनाफ पटेल नोभेम्बरको शुरुमा टोलीको बलिङ प्रशिक्षकको रूपमा सामेल भएका छन् ।

रिटेन नगरे पनि दिल्लीले चाहेमा अक्सनमा पन्तलाई किन्ने विकल्प बाँकी नै रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ