arrow

पुनर्निर्माणका इन्जिनियरहरूलाई ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
kcsaharibikash.jpeg
काठमाडौं । सरकारले आन्दोलनरत भूकम्पको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूलाई ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयको तर्फबाट गएको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए । 
 
करारमा रहेका इन्जिनियरहरूको माग पूरा गराउन आफू सुरूदेखि नै सकारात्मक रहेको बताउँदै मन्त्री केसीले विभिन्न क्षेत्र यस विषयमा इन्जिनियरहरूले देखाएको प्रस्तुतीको आधारमा भत्ताको तय गरिने जानकारी दिए । 
 
विभिन्न माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेका प्राधिकरणका इन्जिनियरहरूले सामूहिक राजीनामा दिएर बसेका छन् । यसरी इन्जिनियरहरूले राजीनामा दिएसँगै प्राधिकरणले भने शुक्रबार वित्रप्ती जारी गरी कारबाही समेत गर्ने चेतावनी दिएको थियो । तर, मन्त्री केसीको सक्रियतामा भूकम्पको पुनर्निर्माणमा कार्यरत इन्जिनियरहरुको माग पूरा हुनेगरी सुविधा दिने निर्णय गरिएको मन्त्रीकेसीले हाम्राकुरासँग बताए ।
 
भूकम्पपछिको पुनःनिर्माणमा खटिएका प्राविधिक इञ्जिनियहरुले सेवा सुविधा कम भएको जनाउँदै दिएको सामूहिक राजीनामाबारे सरकारले वार्ता गरेर समस्या समाधान गर्ने मन्त्रालयले जनाएको छ । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ