arrow

नावालिका करणी गर्ने भोटेलाई दश वर्ष जेल

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
crime.jpg.jpeg
ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दोषी ठहर गर्दै दश वर्ष जेल सजाय सुनाएको छ । 
 
अदालतले दोषी ठहर गरेका थुकिमा गाविस– ४ का चोङवाङबाट पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ ।
 
जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले भोटे भनिने चोङवाङलाई करणी अभियोगमा दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो । 
 
जिल्ला अदालतका श्रेस्तेदार गोपालप्रसाद थापाका अनुसार गएको असार २६ गते चोङवाङले रु ५० दिन्छु भनी आठ वर्षीया बालिकालाई ललाइफकाइ मकैबारीमा लगेर जबर्जस्ती करणी गरेका थिए । 
 
बालिका रुँदै गरेको अवस्थामा अभिभावकले फेला पारी सोधपुछ गर्दा बालिकाले बताएको बयानका आधारमा अभिभावकले प्रहरीमा उजुुरी गरेका थिए । 
 
प्रहरीले असार २८ गते पक्राउ गरी ल्याएका चोङवाङलाई अदालतले साउन २१ गते पुर्पक्षमा राखी अनुुसन्धान गर्न आदेश दिएको थियो । 
 
चोङवाङ अहिले जिल्ला कारागारमा थुनामा रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ