कुुमोद अधिकारी, मोरङ । राजवंशी समाज विकास समिति मोरङले आफ्नो २३औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसर पारेर समाजले मोरङको कटहरी–६ सास्ककृतिक कार्यक्रम गर्यो । समितिले रक्तदान, सरसफाई तथा हाजिर जवाफ लगायत कार्यक्रमको समेत गरेको छ ।
कार्यक्रममा राजवंशी समुदायको भाषा संस्कृतिक सम्बन्धि नृत्य, कविता तथा प्रवचन प्रस्तुत भएको थियो । कार्यक्रममा मोरङ, झापा तथा सुनसरी जिल्लाका राजवंशीहरुको उल्लेखनीय सहभागिता रहयो ।
कार्यक्रमको मुख्य अतिथि भारत विहार राज्यका पुूर्व एमएलए अवद्धविहारी सिंह राजवंशीले थिए । समाजका अध्यक्ष भिमराज राजवंशीले यस्ता कार्यक्रमले समुदायको भाषा सासंकृतिको विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा भागवत गिताको राजवंशी भाषामा अनुवाद गर्ने प्राज्ञ पवनकुमार राजवंशीलाई सम्मानित भए । यसैगरी, दिवसकै अवसर पारी कटहरी–६ मै राजवंशी समाज विकास समितिको नयाँ भवन निमार्णका लागि शिलान्यास भएको छ ।