काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिज्बीच मंगलबार भेटवार्ता भएको छ ।
सिहंदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा मंगलबार भएको भेटमा उनिहरुबीच नेपालको संविधान संशोधन प्रस्ताव र निर्वाचनको विषयमा कुराकानी भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
राजदूत टेप्लिज्ले संविधान संशोधनको प्रस्तावमा एमालेको अवरोध र निर्वाचन सम्बन्धमा एमालेको धारणाका विषयमा जिज्ञासा राखेका थिए ।
सो अबसरमा अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव राष्ट्र हितमा नभएको हुँदा एमालेले त्यसको विरोध गरेको बताउँदै निर्वाचनमा जाने सरकारको कुनै तयारी नदेखिएको जानकारी गराए ।
उनले निर्वाचन गर्न पार्टीले कुनै पनि अवरोध नगर्ने पनि बताउनुभएको उनका प्रेस संयोजक अधिकारीले जानकारी दिए । रासस