लगातार दुई दिन ओरालो लागेको नेप्सेमा मंगलबार सुधार
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
638
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्से मंगलबार २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा बन्द भएको छ ।
मंगलबार कुल ३१४ कम्पनीका एक करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार बराबरको कारोबार भएको थियो ।
सबैभन्दा बढी रावा इनर्जीको शेयर मूल्य ८.८६ प्रतिशतले बढेको छ भने मनकामना इन्जिनियरिंगको शेयर ७.८२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी वीन नेपाल लघुवित्तको सबैभन्दा ४.७५ प्रतिशतले घटेको छ ।
त्यस्तै सबैभन्दा बढी गुडविल फाइनान्सको १७ करोड ३२ लाख ४१ हजार बराबरको कारोबार भएको छ भने कुमारी बैंकको १३ करोड ८० लाख ६ हजार बराबरीको कारोबार भएको छ ।
त्यस्तै कुमारी बैंकको सबैभन्दा बढी ५ लाख ७२ हजार ८४६ कित्ता शेयर कारोबार भएको छ ।