arrow

भारतसँग जोडिएका जिल्लामा ‘सीमा क्षेत्र विकास कार्यक्रम’

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
neoal-ariaa-n.jpeg

कुमोद अधिकारी, विराटनगर । भारतीय सीमा जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि मोरङमा ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागु गरिएको छ । भारतीय सिमानसंग जोडिएको मोरङ जिल्लाका दुई नगरपालिका र १० गाविसमा सीमा क्षेत्र विकास कार्य्रकम संचालन भएको हो ।

भारतीय सीमानासंग जोडिएका विराटनगर उपमहानगरपालिकाको  २०, २१ र २२ रंगेली नगरपालिकाको ३, ४ र ८ वडा तथा  अमहिवरियाटी, वाराडङ्गा, वुधनगर, डाईनिया, मmुक्रिया, महादेवा, मझारे, नेचा, पोखरिया र सोराभाग गाविसमा  सीमा क्षेत्र विकास कार्यक्रम संचालन हुने बताइएको छ ।

सीमा क्षेत्र विकास कार्यक्रम संचालनका लागि मोरङमा २० करोड रुपैँया विनियोजन गरिएको  छ । स्थानीय विकास मन्त्रालय अन्तर्गत सीमा क्षेत्र विकास कार्यकमका निर्देशक भुपेन्द्र सापकोटाका अनुसार पञ्च वर्षीय योजना अनुसार छुटाइएको सो रकम मध्ये यो आर्थिक वर्षका लागि ३ करोड ४३ लाख १५ हजार रुपैँया सीमा विकास कार्यक्रम अन्तर्गत खर्च हुनेछ ।

भारतीय सीमासँग जोडिएका स्थानीयवासीको आयआर्जन, सीप विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिई बजेट खर्च गरिने  बताइएको छ । निर्देशक सापकोटाका अनुसार सीमा क्षेत्र विकास कार्यक्रम लागु भएका नगरपालिकाले एक आर्थिक वर्षका लागि निर्माण गरिने विकास योजना न्यूनतम ८ लाख र गाविसको हकमा पाँच लाखको बजेटको सिलिङलाई अनिवार्य गरिएको छ ।

मुख्यगरी सीमाको भारतीय क्षेत्रभन्दा नेपालतर्फका बासिन्दा मानव विकास सूचकाङ्कमा पछि परेको, गरिब तथा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा समेत पछाडि रहेको जिल्लास्थित कार्यक्रम समन्वय समिति अध्यक्ष एवं मोरङ स्थानीय विकास अधिकारी शोभाकर रेग्मीले बताए ।

मोरङसहित भारतसँग सीमा जोडिएका, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा यही वर्ष कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

२० वटा जिल्लामा संचालन हुने कार्यक्रम लागि यो आर्थिक वर्षका लागि १ अर्ब बढी निकासा भएको स्थानीय विकास मन्त्रालयले जनाएको छ । सीमा क्षेत्र विकास कार्यक्रमबारे मोरङका सरोकारवालाले प्रारम्भिक चरणको छलफल सक्काएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ