विराटनगर । राष्ट्रिय खेलकूद परिषद् राखेपले पूर्वाञ्चलमा हुन लागेको सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता–२०७३ को तयारी अन्तिम चरण पुगेको जानकारी गराएको छ ।
राखेपका सदस्यसचिव केशव कुमार विष्टले विराटनगरमा पत्रकार सम्मेलनगरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । कुल ३५ खेल मध्ये ३२ खेल हुन बाँकी छन् । त्यसमा पनि स्कुनर र गल्फ राष्ट्रिय खेलकूदभित्र पर्ने छैनन् । यस्तै, स्क्वास, ललितपुरमा, फेन्सिङ काठमाडौँमा र लनटेनिस पोखरामा खेलाइने भएको छ ।
प्रतियोगितामा समावेश बाँकी खेल पूर्वाञ्चलको मोरङ , झापा, सुुनसरी, सिराहा, सप्तरी धनकुुटा र उदयपुर जिल्लामा खेलाइने बताइएको छ । प्रतियोगितामा क्षेत्रीय छनोट र प्रत्यक्ष गरी ३ हजार ९ सय ७२ खेलाडीको सहभागि हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा स्वर्ण रजत र कांस्यगरी कुल १ हजार ३५ पदक रहेकामा ६ खेलको पदक गणना नहुने भएकाले कुल ९ सय ५२ पदकको छिनोफानो हुनेछ ।
पुस ८ गते विराटनगरको शहीद रंगशालामा प्रतियोगिताको राष्ट्रपतिवि द्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा उपराष्ट्रपति, मन्त्री लगायत विशिष्ठ व्यक्तिहरु सहभागि हुने सदस्य सचिव विष्टले बताए । प्रतियोगिताका लागि स्वागतद्धार निमार्ण तथा भौतिक पूर्वाधार निमार्णको कामा समेत अन्तिम चरणमा पुगेको सदस्यसचिव विष्टले बताए । प्रधानमन्त्री भने सहभागि नहुने बताइएकाे छ ।