काठमाडौं । इन्डोनेसियन सैन्य विमान दुर्घटनाप्रति नेपाली काँग्रेसले दुःख प्रकट गरेको छ । काँंग्रेस केन्द्रीय पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी चालकसहित १३ जनाको मृत्यु भएको घटनाप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको जनाएका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विमान दुर्घटनाबाट इन्डोनेसिएन सरकारले व्यहोर्नु परेको यो मानवीय क्षतिप्रति नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सभापति शेरबहादुर देउवाले सहानुभूति प्रकट गर्नु भएको छ ।’
आइतबार विहान पप्वा प्रान्तको दुर्गम क्षेत्रमा दुर्घटना भएको ‘हर्कुलस सी–१३०’ विमानमा चालक दलका तीन सदस्य र १० यात्रु गरी १३ जना सवार थिए । अधिकारीका अनुसार विमानमा १२ टन खाद्यान्न समेत थियो ।
पुस ३, २०७३
प्रेस विज्ञप्ति
इन्डोनेसिएन सैन्य विमान ‘हर्कुलस सी —१३०’ दुर्घटना हुँदा विमान चालक सहित १३ जनाको मृत्यु भएकोे घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । विमान दुर्घटनाबाट इन्डोनेसिएन सरकारले व्यहोर्नु परेको यो मानवीय क्षतिप्रति नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सभापति शेरबहादुर देउवाले सहानुभूति प्रकट गर्नु भएको छ । घटनामा परी निधन हुनु भएका सबै प्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।