काठमाडौ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले आफू स्वास्थ्यलाभ गर्दै गरेको जनाएकी छिन् । आइतबार सामाजिक सञ्जाल मार्फत उनले आफू स्वास्थ्यलाभ गरिररहेको जानकारी गराएकी हुन् ।
उनले पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेस्टहरुको क्रममा ओभरीमा पनि क्यान्सर सिस्ट देखापरेको खुलाशा पनि गरेकी छिन् । उनले भर्खरै मात्र दोस्रो अपरेशनमार्फत यसको पनि सफल पचार भएको जानकारी पनि सामाजिक सञ्जालबाट दिएकी छिन् ।
उनले लेखेकी छिन् 'भगवानको आशीर्वाद र सबैको शुभेच्छाले गर्दा हाल म क्यान्सरमुक्त छु र विस्तारै मेरो स्वास्थ्यमा सुधार आउँदैछ । चाँडै नै म मेरो सार्वजनिक जीवनमा फर्किनेछु । तपाईंहरुको सदभाव तथा शुभेच्छाले मेरो स्वास्थ्य सुधारमा निक्कै मद्दत पुगेको छ । यसका लागि यहाँहरुप्रति म सदैव आभारी रहनेछु ।'