arrow

स्थानीय निकायको निर्वाचनका लागि जनता कत्तिको तयार छन् त ?

जनताका समस्या र समाधान खोज्दै घरघरमा सर्भे गर्दै विवेकशील दल

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
local-level-election1.jpeg
काठमाडौं । सरकार स्थानीय निकायको निर्वाचनका लागि दलहरुसंग सहमति गरी अगाडि बढ्दै गर्दा एक राजनीतिक दलले भने स्थानीय निकायका लागि जनता के चाहन्छन् त भन्दै घरघरमा पुग्न थालेको छ ।  भ्रष्टाचार, विकृति र विसंगतिको विरोधमा अग्रसर विवेकशील नेपाली दलले स्थानीय निकायमा भएका समस्या र समाधानको उपाय खोज्दै घरघरमा पुगेर अध्ययन गर्ने जमर्को गरेको हो । 
 
सो दलका प्रवक्ता रमेश पौडेलले आइतबारदेखि नै काठमाडौं उपत्यकामा सर्भे सुरु भएको जनाए । उनले भने, ‘अहिले काठमाडौं महानगरपालिकाका ३५ वटै वडामा गएर हामीले सर्भे गर्दैछौं । पाँच वटा समूह बनाएर सबै वडामा गएर जनताका विचार लिएर आउने उद्धेश्य रहेको छ ।’ 
 
सर्भेका लागि एप्सको प्रयोग गरिने भएकाले एक जनाको फर्म भर्न तीनदेखि चार मिनेट लाग्ने प्रवक्ता पौडेलले बताए । पौडेलका अनुसार प्रारम्भिक चरणमा पाँच हजार जनासंग प्रश्नहरु सोधेर फर्म भरिने छ । सो सर्भेमा स्थानीयको अहिलेको समस्या, के हुनुपर्ने हो, यसको समाधान के भयो भने पूरा हुन्छ, न्यूनतम आवश्यकताजस्ता विषयहरु समेटिएका छन् । 
 
प्रवक्ता पौडेलले स्थानीय निकायको निर्वाचन आइरहँदा स्थानीय चाहीं के चाहँदा रहेछन् भनी बुझ्नसमेत सजिलो हुने बताए । ०५४ सालदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा जनशक्ति परिचालन गर्नसमेत अप्ठेरोमात्र भएको छैन विकासलेसमेत ठोस गति लिन सकेको छैन। 
 
स्थानीय निकायको निर्वाचन नभएकैले गाउँमा गाविस सचिव र सहरमा वडाध्यक्षको मातहतमा विकासका कामहरु अगाडि बढिरहेका छन् । ०७४ साल माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक डेटलाइन छ । त्यसका लागि पहिले स्थानीय निकायको निर्वाचन गर्नु जरुरी छ । तर पुनःसंरचनामा जाँदा अझै विवाद भइरहेकाले शीर्ष दलहरुबीच नयाँ संरचनाबाट चुनाव गर्ने कि पुरानै संरचना अन्तर्गत गर्ने भन्ने अन्योल छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ