उर्लियो शेयर बजार, नेप्से एकैदिन एक सय १४ अङ्कले बढ्यो, १८ कम्पनीको सकारात्मक सर्किट
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
566
Shares
काठमाडौँ । नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो ।
आज ३०७ कम्पनीको कारोबार हुँदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज १८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबैभन्दा बढी २८ करोड ८२ लाख ८३ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको सबै भन्दा बढी ६ लाख १२ हजार ४०१ कित्ता शेयर कारोबार भएको छ ।