प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध छ उजुरी [भिडियो]
दुई राजदूतविरुद्ध एक- एक उजुरी
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
810
Shares
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध छ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनी विरुद्ध छ वटा उजुरी परेको जानकारी गराएका हुन् ।
त्यसैगरी बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध पनि १/१ वटा उजुरी परेको समितिले जनाएको छ । यही असोज ३ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि प्रस्तावित राउत र नेपाली राजदूतका लागि प्रश्तावितद्वय लम्साल र यादवविरुद्ध उजुरी दिन समितिले १० दिने सूचना जारी गरेको थियो ।
ज्येष्ठ सदस्य राणाले भने, ‘समितिको २०८१ असोज ३ गतेको निर्णय अनुसार नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएको प्रकाशमान सिंह राउत एवं बेल्जियम र अस्ट्रोलियाका लागि नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका क्रमशः सेवा लम्साल र चित्रलेखा यादवलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार खोली समिति समक्ष १० दिन भित्र उजुरी वा सूचना दिन सूचना जारी गरिएकोमा उक्त मिति र समय भित्र प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध छ वटा र प्रस्तावित राजदूतविरुद्ध २ वटा उजुरी प्राप्त हुन आएको ब्यहोरा बैठक समक्ष जानकारी गराउँदछु ।’
समितिले प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रस्तावित राजदुतद्वय लम्साल र यादवविरुद्धको उजुरीमाथि छानबिन गरी सुनुवाइ कार्य गर्नुपर्नेछ । समितिको अर्को बैठक असोज १५ गते मंगलबार (भोलि) अपराह्न २ बजेका लागि बोलाइएको छ ।