एनएमबि बैङ्कद्वारा पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान प्रदान
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
474
Shares
काठमाडौँ। एनएमबि बैङ्कले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई सम्मान गरेको थियो। उनको अभूतपूर्व उपलब्धिको सम्मानमा, बैङ्कले गोवर्द्धनलाई नगद पुरस्कार रु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरेको थियो। पलेशा गोवर्द्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए।
पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैङ्कको विशेष समारोहमा गोवर्द्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरूप नगद हस्तान्तरण गरिएको थियो।
एनएमबि बैङ्कले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।