arrow

स्नातकको प्रमाणपत्र पेश गर्न नसकेका प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
ramkrishna-bhattarai-ba-fail.jpg

काठमाडौँ । श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि नाम फिर्ता लिएका हुन् ।

भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर संसदीय सुनुवाइ विशेष समितिमा पत्र पठाएका छन् ।

समितिको आजको बैठकले उनको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो । यसअघि आइतबार  र सोमबार पनि सुनुवाइ समिति बैठक बसेको थियो तर दुई तिहाइ सांसद उपस्थित नभएकोले निर्णय गर्न सकेको थिएन ।

समितिले प्रस्तावित १७ राजदूतमध्य ३ असोजमा १६ जनाको नाम अनुमोदन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ