दुई संसदीय समितिको सभापतिका लागि एकमा निर्वाचन, अर्कामा निर्विरोध चयन हुँदै
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
6k
Shares
काठमाडौँ ।आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । विधायन व्यवस्थापन समितिको बैठकमा समिति सभापति निर्वाचन हुनेछ । सभापतिका लागि नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारी दिएका छन् ।
एमालेले तुलसाकुमारी दाहाललाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले जयन्तीदेवी राईलाई सभापतिको उम्मेदवार बनाएको छ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पनि सभापतिको निर्वाचन हुनेछ ।
समितिको सभापतिका लागि नेकपा (माओवादी केन्द्र) को एकल उम्मेदवारी परेकाले माओवादी केन्द्रको तर्फबाट मायाप्रसाद शर्मा निर्विरोध चयन हुने निश्चित छ ।