बैङ्किङ कसूर तथा सजाय विधेयकका लागि अर्थ समितिमा छलफल
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
6k
Shares
काठमाडौँ । सङ्घीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ ।
आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक मङ्गलबार बस्ने भएको छ ।