कांग्रेसको बुद्धिजीवी विभागका यस्ता छन् चार निर्णय
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
1.7k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले विभिन्न चार निर्णय गरेको छ ।
विभागको सोमबार विभाग प्रमुख डा. डिला संग्रौलाको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार निर्णय गरेको हो ।
यी हुन् चार निर्णयहरू–
१, नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजीवि विभागमा मनोनयन गरी कार्यसम्पादन गर्ने जिम्मेवारी दिएकोमा नेपाली कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवा र विभागका प्रमुख डा. डिला संग्रौलाप्रति आभार प्रकट गर्ने निर्णय गरियो ।
२, नेपाली कांग्रेसका नेता एवं महामानव बीपी. कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा यही भदौ २५ गते “बीपीको समाजवाद र बुद्धिजीवीको भूमिका” सन्दर्भमा विचार गोष्ठी गर्ने निर्णय गरियो ।
(३) यस विभागले वार्षिक रुपमा संचालन गर्ने विविध कार्यक्रम र कार्यतालिका तयार गर्ने ।
(४) असोज ३ गते संविधान दिवसको अवसरमा विशेष अन्तरक्रिया कार्यक्रम गर्ने ।