शंकर भण्डारीले उठाएको धर्मको विषयलाई धन्यवाद दिएर टुंग्याए देउवाले
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
1.6k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा उठेको धर्मको प्रस्तावलाई सभापति शेरबहादुर देउवाले धन्यवाद दिएर टुंग्याएका छन् ।
केन्द्रीय सदस्य शंकर भण्डारीले महासमिति बैठकमा पदाधिकारीहरुले नै धर्मको प्रस्ताव राख्न दिएको र सोअनुसार आफूहरुले प्रस्ताव राखेको तर यसबारे किन निर्णय नभएको भन्दै प्रश्न गरेका थिए ।
तर यसलाई देउवाले सहज रुपमा लिँदै धन्यवाद दिएर टुंग्याएका थिए । यसले एकैछिन बैठकमा हाँसो गुन्जिएको थियो ।