- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेप्सेमा आइतबार गिरावट आएको छ । आइतबार नेप्से ५६.१६ अङ्कले घटेर २६९३.४० विन्दुमा पुगेको छ ।
आइतबार ३३७ कम्पनीको कूल २ करोड ६० लाख ८४ हजार ८८ कित्ता शेयर १ लाख २९ हजार ७९३ पटक कारोबार हुँदा १० अर्ब ४४ करोड ४ लाख ९९ हजार ११२ मा खरिद बिक्री भएका छन् ।
त्यस्तै सुपर माइ हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रो र माइ खोला हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
गुडविल फाइनान्सको सबै भन्दाबढी ५२ करोड ३१ लाख १० हजार ४९२ को रकम बराबरीको खरिद बिक्री भएको छ भने । सानिमा लार्ज क्याप फण्डको सबैभन्दा बढी ८ लाख ४ हजार ८०९ कित्ता शेयर कारोबार भएको छ ।