arrow

कपिलवस्तुमा बस दुर्घटना हुँदा ३० जना घाइते, १३ जनाको अवस्था गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
bus-accident-kapilvastu.jpg

कपिलवस्तु । कपिलवस्तुमा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । जसमा १३ जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै घाइतेमध्ये दुई जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिष भण्डारीका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदै गरेको लु२ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने क्रममा बस चिप्लिएर पल्टिएको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ