कपिलवस्तुमा बस दुर्घटना हुँदा ३० जना घाइते, १३ जनाको अवस्था गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
1k
Shares
कपिलवस्तु । कपिलवस्तुमा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । जसमा १३ जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै घाइतेमध्ये दुई जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिष भण्डारीका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदै गरेको लु२ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने क्रममा बस चिप्लिएर पल्टिएको प्रहरीको भनाइ छ ।