माओवादीको बैठक पेचिलो बन्दै, प्रचण्डले नेतृत्व छाडनु पर्ने मागपछि बैठक चार घण्टा पछि धकेलियो
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
2.3k
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक चार घन्टा पर सरेको छ । गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब ३ बजे मात्र बस्नेछ । जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो। तर शीर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घन्टा पछि सरेको हो ।
बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए ।
सोपछि मुख्यतयाः जनार्दन शर्माले अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्ने लिखित माग राखेपछि माओवादी बैठक पेचिलो बन्न पुगेको छ ।