कांग्रेस बैठकमा २४ जनाले राखे धारणा, शुक्रबार पनि बस्दै
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
1.8k
Shares
काठमाडौँ । बुधबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर सानेपामा बसेको बैठकमा २४ जनाले आफ्नो धारणा राखेका छन् ।
बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको हो । बैठकमा केन्द्रीय सदस्यहरू—मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा डिला संग्रौला, किरणराज शर्मा पौडेल, राजीव कोइराला, मानबहादुर नेपाली, राजेन्द्रकुमार केसी, गुरू बराल, कान्तिका सेजुवाल, भरतकुमार शाह, सीतादेवी देवकोटा र शारदा पौडेलले भनाइ राखेका छन् ।
त्यस्तै आमन्त्रित सदस्य नारायणी रायमाझीले भनाइ राखेकी छिन् । साथै प्रदेश सभापतिहरू उद्धव थापा (कोशी(, कृष्णप्रसाद यादव (मधेश), ईन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ–आफ्नो धारणा राखे ।
शुक्रबारको बैठक भने बिहान ११ बजेदेखि नै बस्ने भएको छ ।