arrow

भोजपुरको एकामात्र टक्सार विमानस्थल स्तरोन्नतिको कामले उडान बन्द

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
bhojpur-airport.jpeg
भोजपुर । भोजपुरको एक मात्र टक्सार विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्सातले गर्दा रोकिएको काम मङ्सिर २४ गते अर्थात् आजदेखि सुरु हुने भएकाले हवाई उडान तीन महिनाका लागि बन्द हुने विमानस्थल प्रमुख दुर्गामणि चौधरीले जानकारी दिए ।
 
कालोपत्रको कामका लागि ४० भन्दा बढी कामदार र इन्जिनियर काममा खटाइसकिएको छ भने आवश्यक निर्माण सामग्रीसमेत जुटाइसकिएको छ । 
 
विसं २०३६ यता सञ्चालनमा आएको एक मात्र विमानस्थल स्तरोन्नति र कालोपत्रको काम ३ वर्षअगावै ०७१ असारमा सुरु भएको थियो तर भूकम्प, नाकाबन्दी र बर्सातमा सडक हिलाम्मे भएर ढुवानी समस्या भएपछि म्याद गुज्रिएको ६ महिना बितिसक्दासमेत काम सम्पन्न हुन सकेको थिएन । 
 
पाँचसय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थल आगामी फागुन २५ गतेसम्मका लागि बन्द हुन लागेको हो । 
 
कालिका प्यासिफिक जेभी कन्सट्रक्सनले रु पाँच करोड २१ लाखमा निर्माणको जिम्मेवारी लिएको छ । चाँडै कालोपत्र सकिने र नियमित उडान हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ