arrow

काँग्रेसले पुस १५ भित्र विवादित जिल्लाको अधिवेशन गरिसक्नु पर्ने

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
Congres-FNL.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसले अधिवेशन हुन नसकेका जिल्लामा पुस १५ सम्म गरिसक्न निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन समितिले आगामी पुस १५ गतेसम्म निर्वाचन हुन बाँकी जिल्ला र निर्वाचन क्षेत्रको निर्वाचन गर्न निर्देशन दिएको हो ।

निर्वाचन समिति सचिव प्रदीप पराजुलीले विज्ञप्तिमार्फत निर्वाचन हुन बाँकी जिल्लाहरु सिरहा, धनुषा, महोत्तरी, पर्सा र डोल्पा तथा धनुषाको निर्वाचन क्षेत्र नं ५ को निर्वाचन पुस १५ भित्र सम्पन्न गर्न भनेका छन् । १३ औं महाधिवेशन भएको १० महिना बितिसक्दासमेत पाँच जिल्लाको अधिवेशन हुन सकेको छैन । केही जिल्लामा विवाद देखिएपछि महाधिवेशन अघि अधिवेशन हुन नसकेको बताइएको छ ।

समितिले १३औँ महाधिवेशनका क्रममा महासमिति र स्थानीय अन्य निकायमा निर्वाचन हुन बाँकी निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिले निर्णय गरी जिल्लास्थित डेमोक्रेटिक लयर्स एसोसिएसन, शिक्षक सङ्घलगायत संस्थाको सहयोगमा पुस मसान्तभित्र निर्वाचन सम्पन्न गर्न परिपत्र जारी गरेको छ ।

यस्तै, समितिले २०७२ माघ २५ गते सम्पन्न सङ्खुवासभा जिल्ला अधिवेशनमा बराबरी मत प्राप्त गर्ने सभापतिका प्रत्यासीद्वय दीपनकुमार श्रेष्ठ र पासाङ शेर्पाको आगामी पुस १० गते गोलाप्रथामार्फत निर्वाचन परिणाम घोषणा गर्ने निर्णय गरेको छ । कांग्रेसको १३औं महाधिवेशन २०७२ फागुन २१ देखि २३ गतेसम्म राजधानीमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ