- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको एउटा व्यवस्थाका कारण बैंक तथा वित्तीय संस्थाहरुको विवरण सही नआउने देखिएको छ । मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार सोमबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई साउन मसान्तसम्म उठेको साँबा ब्याजलाई असारकै आम्दानीमा बाँध्न छुट दिएको थियो ।
बैंकहरुले नयाँ आर्थिक वर्ष शुरु भएको २१ दिनभित्र अघिल्लो आर्थिक वर्षको कारोबारमा आधारित वित्तीय विवरण प्रकाशित गर्नुपर्छ । यसअनुसार यस्तो प्रतिवेदन ल्याउन अब ६ दिन मात्रै बाँकी छ । राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार वित्तीय विवरण सार्वजनिक गर्ने पुरानो व्यवस्थालाई यथावत राखिएको छ ।
उक्त रिपोर्टमा बैंकहरुको नाफा, लाभांश क्षमता तथा अन्य वित्तीय अवस्थाको बारेमा उल्लेख गरिएको हुन्छ । तर साउन मसान्तसम्मको उठेको रकमलाई अघिल्लो वर्षको आम्दानीमा जोड्न पाउँदा यसरी प्रकाशित रिपोर्टमा उल्लेखित व्यवस्था छ ।
तर साउन मसान्तसम्मकै आम्दानीलाई असारसम्मको आम्दानीमा जोड्न पाउने भएपछि यसले बैंकहरुको वास्तविक अवस्था भने नदेखाउने देखिएको छ । यो अवस्थामा असार मसान्तको बैंकहरुको रिपोर्टलाई अनुमानित रिपोर्टको रुपमा मात्रै लिनसक्ने अवस्था छ ।
अघिल्ला वर्षहरुमा पनि राष्ट्र बैंकले साउन १५ गतेसम्म उठेको ब्याजलाई अघिल्लो वर्षको नाफामा समावेश गर्न पाउने उल्लेख गथ्र्यो । त्यस्तो अवस्थामा धेरैजसो बैंकहरुले सो अवधिमा उठेको रकमलाई समेत समावेश गरेर रिपोर्ट निकाल्ने गरेका थिए ।
यसपटक भने असार अन्तिमकै कारोबार आधारित रिपोर्ट निकाल्ने र बाँकी पछि समावेश गर्ने बैंकहरुको तयारी छ । यसले एक महिनासम्म उठेका ब्याजहरुको भेरिएसन रिपोर्टमा आउने देखिन्छ ।