सेबोनले ल्यायो नयाँ वर्षको नीति तथा कार्यक्रम, के के छन् नयाँ व्यवस्था ? (पूर्णपाठ)
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
1.2k
Shares
तस्बिर : फाइल
काठमाडौँ। नेपाल धितो पत्र बोर्डले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलवार सेबोनले १२ वटा बुँदा र त्यस अन्तर्गतका ६० वटा उपबुँदामा नयाँ आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको हो ।
उक्त नीति तथा कार्यक्रममा लगानीकर्ताहरूको हित प्रवर्द्धन, बोर्डको संस्थागत सुदृढीकरण संरचनागत सुधार तथा क्षमता अभिवृद्धि, गलत अभ्यासहरूलाई निरुत्साहन, बजार प्रणालीको डिजिटाइजेसन, कमोडिटिज एक्सचेन्ज मार्केटको सञ्चालनसम्बन्धी कानूनी र संस्थागत व्यवस्था, धितो पत्र बोर्ड र धितो पत्र बजारसम्बन्धी छुट्टै ऐन बनाउने कार्यक्रम समावेश छन् ।
त्यस्तै, हरित बण्ड, ऊर्जा बण्ड लगायतमा सहुलियत, सार्वजनिक लेखा समिति र संसद्को निर्देशन कार्यान्वयन, पुँजी बजारमा क्षेत्रगत तथा औजारगत विविधता कायम गर्ने, पुँजी बजारसम्बन्धी शिक्षा अभिवृद्धि तथा अन्य कार्यक्रमहरू समावेश गरिएका छन् ।
के के छन् नयाँ व्यवस्था ?
माथि उल्लेखित बुँदाहरू अन्तर्गत समेटिएका बोर्डको नीति तथा कार्यक्रममा भएका बुँदाहरू देहाय अनुसार छन् ।
— पुँजी बजारको दीर्घकालीन विकाससम्बन्धी नीतिगत व्यवस्थाका लागि पुँजी बजारसम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तर्जुमा गर्ने ।
— केन्द्रीय कार्यालयका लागि जग्गा प्राप्ति र प्रादेशिक कार्यालयको स्थापना
— धितो पत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंक रको जोखिममा आधारित सुपरिवेक्षण ढाँचा
— धितो पत्र बजारमा हुने दैनिक कारोबार, कारोबार रकम, कारोबार हुने कम्पनी, कारोबार भएको धितो पत्र आदिको एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणाली गर्ने
— बोर्डले लाइसेन्स प्रदान गरी सञ्चालित संस्थाहरूमध्ये सङ्ख्याको कम्तीमा १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण गर्ने । साथै गैर स्थलगत सुपरिवेक्षण गर्ने ।
— धितो पत्र बजार र धितो पत्र व्यवसायीहरूको विस्तृत विवरण अद्यावधिक गर्ने ।
— आइपिओ बाँडफाँटसम्बन्धी सफ्टवेयरमा भीपीए प्राविधिक पक्षहरूका सम्बन्धमा अध्ययन गरी आवश्यक सुधार गर्ने ।
— पुँजी बजारसम्बन्धी तथ्याङ्कहरूको केन्द्रीय व्यवस्थापन तथा तथ्याङ्क उपलब्धताको सहज व्यवस्थापन गर्न केन्द्रीय पुँजी बजार तथ्याङ्क बैङ्क-पोर्टलको सम्बन्धमा अध्ययन गर्ने ।
— हकप्रद सेयर र संस्थापक सेयरको लिलाम बिक्रीलाई व्यवस्थित गर्न अटोमेटेड अक्सन सिस्टमलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने ।
— वस्तु विनिमय बजारसम्बन्धी वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्यौट व्यवसाय, वेयर हाउस सम्बन्धमा आवश्यक नियमावलीहरू तर्जुमा गर्ने तथा वस्तु विनिमय बजारको अनुमति पत्र प्रदान गर्ने ।
— नेपाल धितो पत्र तथा विनिमय आयोग र धितो पत्र बजारसम्बन्धी कानून तर्जुमा गर्ने सम्बन्धमा नेपाल सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्ने ।
— बुक विल्डिङ्ग विधि मार्फत सार्वजनिक निष्कासन गर्दा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरूपता कायम गर्न मापदण्ड/मार्ग निर्देशन तयार गर्ने । सूचीकृत सङ्गठित संस्थाको संस्थापक सेयरको हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गर्ने ।